एमाले अध्यक्ष ओली आज कोशीका ३ वटा जिल्लाका विविध कार्यक्रममा सहभागी हुनुहुने

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कोशी प्रदेशका ३ वटा तराइका जिल्लाका विविध कार्यक्रममा सहभागी हुनुहुने भएको छ । तीनदिन देखि गृहनगर दमकमा रहनुभएका अध्यक्ष ओलीले आज ११ बजे एमाले दमक नगर कमिटीको अधिवेशन उद्घाटन गर्दै हुनुहुन्छ ।

दमकको दाहाल प्रतिष्ठानमा अधिवेशन उद्घाटन गरेर उहाँले मोरङको सुन्दरहरैंचामा एक सडकको शिलान्यास गर्नुहुने छ । त्यसपछि अध्यक्ष ओलीले सुनसरीको इनरुवामा सप्तकोशी न्यूरो अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि अध्यक्ष ओलीले नेकपा एमाले मोरङले पार्टी कार्यलय विराटनगर पाञ्चालीमा निर्माण गरेको पुष्पलाल,मनोहन र मदन भण्डारीको शालिक अनावरण गर्नुहुनेछ । सोही ठाउँमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली ३ दिन देखि गृह नगर दमकमा हुनुहुन्छ ।

Back to top button