प्रतिनिधिसभा बैठक १३ जेठसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज पनि अवरोध गरेका छन्।

प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित भएको जानकारी गराउनुभयो । सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने सभालाई जानकारी गराउनुभयो।

Back to top button