
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा.एग्नेस कालामर्डबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहनुभएकी महासचिव कालामर्डले आज पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवासँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्याय,प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उहाँहरूबीच छलफल भएको जनाइएको छ ।







