यी ४ प्रदेशमा विहानै देखि हल्का वर्षा,दिउसो पनि गण्डकी र लुम्बिनीका केही भागमा वर्षा हुने

काठमाण्डौ । अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमबिद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

आज दिउँसो पनि लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा बाँकी भु-भागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Back to top button