सहमति जुटाउन शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं : संसदीय छानबिन समितिको कार्यादेश (टीआओर)मा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बस्दै छ । बालुवाटारमा हिजो बसेको शीर्ष नेताको बैठक विषय प्रवेश नगरी आजलाई सरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाललेका अनुसार बैठक आज बिहान ९ बजे बस्ने छ ।

हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेपछि बालुवाटारमा शीर्ष नेताहरूको बैठक डाकिएको थियो। बैठकमा कार्यदलका सदस्यहरूसमेत सहभागी थिए। नेता खनालका अनुसार  बैठकमा अनौपचारिक छलफलमात्र भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सञ्चालनका निम्ति सकारात्मक देखिए पनि गृहमन्त्री रवि लामिछानेको नामबारे भने अडान दोहोर्‍याएको स्रोतले बताएको छ।

सत्तापक्षले भने रविको नामको विकल्पमा सहकारीको नाम र अपचलन भएको भनिएका गोरखा मिडियालगायत कम्पनीको नाम उल्लेख गर्ने प्रस्ताव गरेको छ ।

Back to top button