विराटनगर- ४ मा ग्रामथान संरक्षण समिति गठन

विराटनगर । विराटनगर-४ मा वडा स्तरीय ग्रामथान संरक्षण समिती गठन भएको छ ।

शनिवार समितिका महानगर अध्यक्ष तिलक राजवंशीको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

दिनेश राजवंशीको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा वीरनारायण मोदी, सचिवमा जयराम मण्डल, सहसचिवमा संजीवकुमार माझी र कोषाध्यक्षमा राजकुमारी राजवंशी चयन हुनुभएको छ ।

यस्तै नव गठित समितिमा जितु राजवंशी, ननिलाल चौधरी, ब्रह्मलाल थान्दार, आशाराम माझी, मन्जु राजवंशी र राजदेव मण्डल सदस्यमा चयन हुनुभएको छ । यसैगरी भेलाले बलकराम राजवंशी, भोलाराम चौधरी, कारू राजवंशी, मनोज चौधरी, किशोर चौधरी र छेदीलाल शर्मालाई सल्लाहकार चयन गरेको महानगर अध्यक्ष तिलक राजवंशीले बताउनुभयो ।

आदिवासी जनजातीले सदियौंदेखि कुल देवताको रूपमा मान्दै आएको ग्रामथान र त्यसले अर्चेको सांस्कृतिक भूमी पछिल्लो समय अतिक्रमण भएको भन्दै संरक्षणको अभियान चलेको छ ।

विशेषगरी सुनसरी र मोरङमा अहिले संस्थागत रूपमा नै अभियान चलेको छ । यहि अभियान अन्तर्गत विराटनगर महानगर भित्र रहेका सम्पूर्ण ग्रामथानहरूको संरक्षणका लागि वडा वडामा कमिटी विस्तारको अभियान चलिरहेको महानगर अध्यक्ष तिलक राजवंशीले बताउनुभयो ।

उहाँको अनुशार महानगरका ३, ४,५ र ८ मा कमिटी गठन सम्पन्न भैसकेको छ । अध्यक्ष राजवंशीले ग्रामथानको संरक्षणका लागि महानगरको समेत ध्यान पुग्न आवश्यक रहेको बताउनुभयो ।

 

Back to top button