मधेस प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट जेष्ठ २१ गतेका लागि तेस्रो अधिवेशन आह्वान गरिएको हो।

प्रदेश प्रमुखको कार्यालयबाट निमित्त सचिव लुम्बनाथ पोखरेलद्वारा हस्ताक्षरित पत्रमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीबाट अधिवेशन आह्वानका लागि जानकारी गराएको जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २१ गते सोमबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भईअनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलले बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद)को मिति २०८१–०२–१३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८१–०२–२१ गते सोमबार दिउँसोको २ बजेबाट लागू हुनेगरी मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

Back to top button