४० बुँदे माग सम्बोधन नभएको भन्दै राप्रपाको प्रदर्शन गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दबावमुलक प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज सकिएको बैठकले ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ ।

यस्तै, बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबावमुलक प्रर्दशन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

Back to top button