५ लाखलाई रोजगारी दिन सूचना प्रविधि क्षेत्रमा ५९ करोड बजेट

काठमाडौं । सूचना प्रविधि दसक घोषणा गरेको सरकारले यस क्षेत्रमा ५९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ५९ करोड बजेट विनियोजन गरेको घोषणा गर्नुभयो ।

उहाँले सूचना प्रविधितर्फ ३० खर्ब निर्यात गर्नेगरी योजना बनाइने बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा प्रत्यक्षतर्फ ५ लाख र अप्रत्यक्षतर्फ १० लाखलाई रोजगारी दिनेगरी कार्ययोजना बनाइने बताउनुभयो।

अर्थमन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको संबाहकको रूपमा लिने र डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ तरिकाले अगाडि बढाउने बताउनुभयो । यस्तै उच्च गतिको इन्टरनेट उपलब्ध गराइने पनि उहाँले बताउनुभयो ।

Back to top button