स्वास्थ्य क्षेत्रतर्फ ८९ अर्ब २४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रतर्फ ८९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फ उक्त बजेट विनियोजन गरिने बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवातर्फ अस्पतालको पूर्वाधार निर्माण, विभिन्न रोगको निःशुल्क उपचार, निःशुल्क औषधि र स्वास्थ्य बीमालगायतका लागि उक्त बजेट विनियोजन गरिएको बताउनुभयो ।

Back to top button