कैलाश सिरोहियालाई धनुषाबाट काठमाडौं ल्याइयो

काठमाडौं । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उहाँको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उहाँलाई काठमाडौं ल्याइएको हो ।

हिजो तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उहाँ अस्पतालबाट एम्बुलेन्समा आउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

Back to top button