भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

विराटनगर । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर- ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ ।

 

नेकपा एमाले विराटनगर-४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद १५ हजार प्राप्त गरेको छ ।

 

यस्तै श्यामसुन्दर भजन समूहले दोस्रो हुँदै नगद १० हजार र श्री किशन भजन समूहले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गर्‍यो । तीनवटै समूहका तर्फबाट क्रमशः बिमला बुढाथोकी, लिला बास्तोला र गायत्रा नेउपानेले पुरस्कार र प्रमाणपत्र ग्रहण गर्नुभयो ।

 

बटुकहरूद्वारा स्वस्ती वाचन र शंखघोष सहित कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले भजन किर्तनले ब्यक्तिलाई अनुशासित बन्न अभिप्रेरित गर्दै संस्कारयुक्त आचरणमा बस्न प्रोत्साहन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नेकपा एमालेका नेता विनोद ढकाल, खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत , एमाले नेतृ सरस्वती भण्डारी, एमाले मोरङका उपाध्यक्ष:-बाबुराम कार्की, विराटनगर महानगर अध्यक्ष सागर थापा, वडा अध्यक्ष जितन थापा, प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइरालालगायतको उपस्थिति थियो।

 

४२ समूहबाट करिब ५०० जनाले प्रत्यक्ष सहभागिता जनाएको प्रतियोगितामा विभिन्न धर्म सम्प्रदाय सँग सम्बन्धित भजनहरू प्रस्तुत भएका थिए । सहभागी सबै समूहलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको एमाले वडा अध्यक्ष नवराज काफ्लेले बताउनुभयो ।

 

प्रतियोगितामा भजन शिरोमणी माधव घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

Back to top button