गणतन्त्र दिवसमा मानव अधिकार तथा शान्ति समाजको दीप प्रज्वलन

विराटनगर । गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ती समाज मोरङले दीप प्रज्वलन गरेको छ ।

समाजले आज साँझ विराटनगर मेनरोड स्थित हनुमान मन्दिर चोकमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन पछि बोल्दै समाजका केन्द्रिय अनुशासन समिती संयोजक बिकास थापाले देशमा गणतन्त्र स्थापना भएपनि नेतृत्वले सोही अनुसारको भूमिका खेल्न नसकेको बताउनुभयो ।

समाजका पूर्व मोरङ सभापती भेषराज पोखरेलले गणतन्त्रको सुरक्षा अहिलेको नेतृत्वले गर्न नसक्ने बताउनुभयो । उहाँले नेतृत्वमा रहेकाहरूको व्यवहार हेर्दा गणतन्त्रको संरक्षण हुन सक्ने नदेखिएको स्पष्ट पार्नुभयो । कठालो समातेर भएपनी नेताहरूलाई सहि ट्रयाकमा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष डा. जीवन ढकाल, राजेश कार्की, केदार पौडेल, डिक घिमिरेलगायतको सहभागिता थियो ।

Back to top button