कोशीका पूर्वमुख्यमन्त्री कार्कीको रिट आज हेर्न नभ्याउनेमा

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने भएको छ ।

कार्कीले दायर गरेको रिट आज न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।

मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।

Back to top button