ठगहरूको प्रवेशले केही ठूला सहकारीहरू संकटग्रस्त बने : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएको बताउनुभएको छ ।

आज राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उहाँले नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर, साँचैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । छैनन। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।

Back to top button