एमाले अध्यक्ष ओलीद्वारा रचित ‘चान्स पायो कि नेपालीले गर्छ’ क्रिकेट गीत सार्वजनिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शब्द रचना रहेको क्रिकेट गीत सार्वजनिक भएको छ । पृथ्वी खनालले उक्त गीतमा संगीत दिनुभएको छ । आरसी रिमाल,शाहस शाक्य र स्वयं खनालले समेत गीतमा आवाज दिनुभएको छ ।

गायक तथा संगीतकार खनालले आफ्नो युटुव च्यानलबाट आज उक्त गीत सार्वजनिक गर्नुभएको हो । क्रिकेट प्रेमीहरूलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सो गीत रचना गर्नुभएकोे हो । यो गीतबाट क्रिकेट प्रेमीहरूले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आईसीसी ट्वान्टी–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । अध्यक्ष ओलीले उक्त खेलमा सहभागी हुने नेपाली खेलाडीहरूलाई सफलताका निम्ति शुभकामना दिनुभएको छ ।

Back to top button