सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७०० पुग्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला सुन १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button