पाकिस्तान अमेरिकासँग १३ रनले पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गएराति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो ।

डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो। अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाउनुभयो ।

उहाँले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाउनुभएको थियो । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाउनुभएको थियो । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिनुभयो ।

त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाउनुभयो । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाउनुभयो भने साहिन शाह अफ्रिदीले २३ रन जोड्नुभयो । अमेरिकाका नोष्थुश केजिङ्गेले ३ विकेट लिनुभयो भने सौरभ नेत्रवालकरले २ विकेट झार्नुभयो । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।

Back to top button