कर्णाली नदीको झोलुंगे पुल चुँडिदा तारमा अड्किए १४ खच्चड

विराटनगर । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा आज बिहादेखि खच्चड तारमा अड्किएर बसेका हुन् ।

यस झोलुंगे पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार घटनापछि खच्चड उद्धारका लागि टोलि खटाइएको छ ।

Back to top button