गायक रोशन र गायिका रचनाको स्वरमा रहेको ‘मेची काली’ गित सार्वजनिक

काठमाण्डौं । गायक रोशन सिंह ‘क्षितिज’ र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली’ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको हो ।

प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन रहेको छ । ‘मेची काली’ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।

Back to top button