आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

भोजपुर । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरालाई प्रहरीले पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

छोराले खुर्पा प्रहार गरी आमाको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button