राजनीतीक अस्थिरताका कारण कोशीमा महत्वपुर्ण काम समयमा हुन सकेका छैनन् : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतीक अस्थिरताका कारण कोशी प्रदेशमा अत्यन्त महत्वका काम समयमा हुन नसकेको बताउनुभएको ।

प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेशको पहिलो पञ्चवर्षीय योजना अवधि सकिन लागेको र दोस्रो आवधिक योजना बनाउन पर्ने आवश्यकताले यो बैठकमा आएका निस्कर्षले योजना बनाउन सरल हुने भन्दै मुख्यमन्त्री कार्कीले आजको छलफलमा उठेका मुलभूत विषय नयाँ बजेटमा समावेश गर्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले मानव संसाधनको कमी र स्थानीय स्रोत एवं साधनको उच्चतम प्रयोग गरी प्रदेशमा धेरै महत्वपूर्ण कार्य सफल भएको भन्दै सम्भाव्यताका स्रोतहरुको खोजी गरी सरकार निर्यात बढाउने र आयातलाई घटाउने योजनामा रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले सप्तकोशीको निधारमा रहेको महाकुम्भ क्षेत्रलाई समुचित विकास गरी धार्मिक पर्यटकहरु भित्र्याउन सकिने भन्दै राष्ट्रिय पूँजीको विकास नगरी देशको विकास नहुने कुरामा जोड दिनुभयो ।

सरकार जलवायु परिवर्तनका कारणले हुने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सरकार योजना बनाउने भन्दै दिगो विकासको राष्ट्रिय लक्ष्यमा प्रदेश सरकार पनि सामिल रहेको बताउनुभयो ।

यस्तै,पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले पूर्वाधारहरुको अन्तर्राष्ट्रिय आवद्धता स्थापित गरी निर्यात र व्यापार बढाउन सकिने भन्दै सब्घ र प्रदेशको विकासको तालमेल मिलिनरहेको चर्चा गर्नुभयो । पन्ध्रौँ पञ्चवर्षीय योजना सकिन लागेको र १६ औँ पञ्चवर्षीय योजना लागु हुने संघारमा देश भित्रका सबै सम्भावना र स्रोतहरु परिचालन गर्ने गरी योजना बत्रुपर्ने धारणा राख्दै डा.खतिवडाले सरकारले कोशी प्रदेशले जलश्रोत, कृषि, उर्जाका क्षेत्रलाई व्यापक उपयोग गरी उदाहरणीय काम गर्नु पर्ने सुझाव दिनुभयो ।

प्रदेश विकास परिषद्का सदस्य एवं नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आम्बोले सङ्घीयताको कार्यान्वयन प्रभावकारी ढङ्गले संचालन नभएको बताउँदै नयाँ पुस्तालाई आशा जगाउने गरी योजनाहरु बत्रु पर्ने सुझाव दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले योजना आर्थिक वृद्धिदरलाई स्थायी बनाउन, निजी र सहकारी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउने गरी योजना बत्रु पर्ने सुझाव दिनुभयो ।

प्रदेश योजना आयोगका सचिव मिमाँस अधिकारीले दोस्रो आवधिक योजना बनाउनका लागि कोशी प्रदेशभित्र एक हजार जनाको सुझाव लिएको र यसका आधारमा निर्माण भएको दस्तावेजलाई अझ समृद्ध र सुदृढ बनाउन आजको बैठक आयोजना भएको जानकारी दिनुभयो ।

उहाँले आगामी साउन १ गतेदेखि लागु हुने योजनालाई सफल बनाउन आजको छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै ५ वर्षका लागि बत्रे यो दस्तावेजमा महत्वपूर्ण बुँदाहरु समावेश हुने विश्वास व्यक्त्त गर्नुभयो ।

बैठकमा कोशी प्रदेश सरकार मन्त्रीहरु,प्रदेश योजना आयोगका पदाधिकारीहरु, विभित्र मन्त्रालयका सचिवहरु, विकास परिषद्का सदस्यहरु, कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरु, स्थानीय तहका प्रमुख वा अध्यक्षहरुको सहभागिता थियो ।

Back to top button