एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर । एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रम संयोजक सन्तोष प्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै, सो कार्यक्रममा एन एम वि बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

Back to top button