सीमा समस्या समाधान गर्न मोदीसँग कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताउनुभएको छ । हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान गर्ने उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘भारतका प्रधानमन्त्रीसँग पञ्चेश्वरलगायत अन्य जलविद्युत आयोजनासँग सम्बन्धित कयौं महत्वपूर्ण छलफल गरेको छु । मैले सीमाको समस्या समाधान गर्न, व्यापारको विषयमा दुई पक्षकै मेकानिजमलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत् समस्या समाधान गर्न गम्भीर रूपले राखेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भारतको बाटो भएर बंगलादेशमा विद्युत निर्यातको प्रक्रिया समेत अघि बढिसकेको बताउनुभयो ।

Back to top button