कोशीका मुख्यमन्त्रीद्वारा बकर इदको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले बहु पहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

बकर ईद इस्लाम समुदायको सबैभन्दा महत्त्वपूर्ण र विश्वभरका मुस्लिमहरूले मनाउने इस्लामिक चाड भएकाले यो पर्वले कोशी प्रदेश मात्रै नभएर देशभर एवं विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कार्कीले बताउनुभयो।

उहाँले भन्नुभएको छ,‘बहु पहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले हामीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन सक्ने विश्वास लिएको छु । यो पर्वले कोशी प्रदेश मात्रै नभएर देशभर एवम् विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउँदै उहाँले विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान पुर्‍याउने बताउनुभयो ।

Back to top button