ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गच्छदारको आज दिउँसो निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

२०७९ सालको स्थानीय तहमा उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो। ५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा लड्नु भएको थियो । सोही दिनदेखि उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो।

मृतक गच्छदारको भोलि अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ ।

Back to top button