संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिनुभयो। घटनाबारे थप बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘उहाँका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’

उहाँका अनुसार गोलेको शवलाई सिभिल अस्पताल पठाइएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उहाँले गोली हानेर आत्महत्या गरेको बताउनुभयो ।

यस्तै,घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Back to top button