विराटनगरमा हिरो मोटरसाईकलको एक्सचेन्ज मेला

विराटनगर । नेपालकालागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले पहिलोपटक हिरो एक्सचेञ्ज र इभल्भ सो रुम एक्सचेञ्ज मेला सुरु गरेको छ ।

नेपालभर आजदेखी सुरु भएको यो अफर असार १५ गतेसम्म सञ्चालन हुने कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि. का सेल्स हेड प्रसन्न माथेमाले जानकारी दिनुभयो ।

एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा भएको बजार मूल्याङ्कन भन्दा आठहजार रुपैयाँ बढी थप मुल्याङ्कन पाउनेछन् । साथै, ग्राहकले एक्सचेञ्ज अफरको समयमा नगदमा मोटरसाईकल खरिद गर्दा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेलमेट पनि प्राप्त गर्नेछन् ।

एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, जुम स्कूटर जस्ता दुई प्राङग्रे सवारी लिन सक्ने कम्पनीले जनाएको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ ।

Back to top button