रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको हो ।

बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

रास्वपा गठन भएको आज (७ असारमा) २ वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले आज पार्टी कार्यालयमा चियापान आयोजना गरेको छ ।

चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।

Back to top button