निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिनुुभयो ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गर्नुभएका प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ नागरिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

Back to top button