रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्र टीम भ्यानकुभर नाइट्समा आवद्ध हुनुभएको छ भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुनुहुन्छ ।

सन्दीप र दीपेन्द्रले यसअघि नै ग्लोबल टि-२० लिग खेलिसक्नुभएको छ । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लाग्नुभएको हो ।

सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले हुनुभएको छ भने रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ । साेमपाल कामी भने अनसाेल्ड हुनुभएको छ ।

Back to top button