संसदका कर्मचारीको समस्या तत्काल समाधान गर्नुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव दिनुभयो । विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरू निरन्तर आन्दोलनमा रहेका छन्।

Back to top button