![](https://koshisandesh.com/wp-content/uploads/2024/06/patrakar-mahasang.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2024/06/patrakar-mahasang.jpg)
काठमाडौं । नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो ।
महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आज साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।