चिनियाँ उपविदेशमन्त्री सन वेईतोङ आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेईतोङ आजदेखि नेपालको ३ दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेईतोङ भोलि काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुनुहुने छ ।

परामर्श सयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी चिनियाँ उपविदेशमन्त्री वेईतोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । उपविदेशमन्त्री वेईतोङ नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कीनुहुने छ ।

Back to top button