पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

आज बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो।

पोखरेल प्रहरी प्रधानकार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत हुनुहुन्छ ।

Back to top button