कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी,बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Back to top button