रंगेलीमा सर्पले डसेर महिलाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई गएराति १२ बजेतिर सर्पले डसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार कुन प्रजातिको सर्पले डसेको हो भन्ने यकिन भएको छैन । सर्पले डस्नसाथ परिवारका सदस्यले ऋषिदेवलाई उपचारका लागि भारततर्फ लगेका थिए। उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि शवलाई फर्काएर घरमै ल्याइएको थियो । प्रहरीले घटनाका बारेमा आज बिहान साढे ६ बजेतिर जानकारी पाएको थियो। घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो ।

Back to top button