नेकपा एसमा वरिष्ठ उपाध्यक्ष राख्ने र केन्द्रीय कमिटीलाई २९९ बनाउनेबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष राख्नेबारे छलफल सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष राख्नेबारे छलफल भएको हो ।

१५१ सदस्य केन्द्रीय कमिटीलाई पनि २९९ बनाउनेबारे छलफल भइरहेको एक नेताले बताए ।

नेकपा एसको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल आफैं दोहोरिने दाउमा हुनुहुन्छ । तर, सम्मानित नेता झलनाथ खनालको समर्थनमा महासचिव घनश्याम भुसाल नेतृत्वको दौडमा हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर आकांक्षीलाई व्यवस्थापन गरेर सर्वसहमत नेतृत्व चयन गर्नेबारे अहिले छलफल भइरहेको हो ।

Back to top button