एसईई रिजल्टः कोशी प्रदेशमा एभरेष्ट उत्कृष्ट

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए ।

ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।

यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीले बताउनुभयो ।

देशकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको एभरेष्ट स्कुलले भौतिक पूर्वाधार सँगै शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न विषय विज्ञहरुद्वारा  विभिन्न कृयाकलापमा सहभागि गराउँदै आएको एभरेष्टले शैक्षिक गुणस्तरका लागि पनि नविन प्रयोग गर्दै आएको छ ।

ललितपुरको रातो बंगला फाउण्डेसन, कारखाना, युकेको डीजी स्कुलसँगको सहकार्यले बालबालिकालाई आत्मविश्वासी बनाउँदै विभिन्न अन्वेशण तथा प्रविधिमैत्री बनाउँदै लैजाने तथा भारतको नयाँ दिल्लीमा सफल प्रयोग भइसकेको ह्याप्पीनेस करिकुलमले विद्यार्थीलाई आत्मसम्मानमा सघाउ पुग्ने स्कुलको विश्वास छ ।

‘हामीले देखेको सपना र गरेको लगानीलाई अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गरेको मेहनतको प्रतिफल हो’ प्रिन्सिपल पुरीले भन्नुभयो,‘सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्दै एभरेष्ट विश्वस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।’

कोशी प्रदेशको राजधानी विराटनगरमा रहेर पनि अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्था बनाउन एभरेष्ट भौतिक संरचनामा समेत उस्तै गरि लगानी गरेको छ । एभरेष्ट स्कुलले यसअघि पनि एसईईको नतिजा उत्कृष्ट ल्याउँदै पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारहरू प्राप्त गर्दै आएको छ ।

Back to top button