रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिनुभयो।

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस बिहान दुर्घटना भएको हो । घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपाचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसककेको स्थानीयले जनाएका छन्।

यस्तै, घटनाको थप विवरण आउन बाँकी छ।

Back to top button