मनमोहन प्राविधिक विश्वविद्यालय–स्व मनमोहन अधिकारी जन्मजयन्ती

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ बुढीगंगा १०४ औँ मनमोहन अधिकारीको जन्मजयन्तीको अवसरमा आज श्रद्धा सुमन, रक्तदान र वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयको परिसरमा रहेको स्व. मनमोहन अधिकारीको पूर्णकदको सालिकमा पूर्वमन्त्री जीवन घिमिरे, विश्व विद्यालयका उपकुलपति सुभाष श्री पोखरेल, रजिष्टार डा दिलानाथ फुयाँल लगायतले माल्यार्पण गर्नु भएको थियो ।

कार्यक्रममा रजिष्टार फुयाँल, विश्वविद्यालयका सभासद सत्यनारायण चौधरी , मनमोहन पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारी र विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमले मुलुकमा शैक्षिक विकास, पूर्वाधार निर्माण र ,आर्थिक रुपान्तरणमा स्व. अधिकारीको ठूलो योगदान रहेको विचार राख्नु भयो ।

सोही अवसरमा विद्यालयको परिसरमा विभिन्न जातका विरुवा रोपिनुका साथै कर्मचारी एवं विद्यार्थीहरुले रक्तदान गर्नु भएको थियो ।

Back to top button