नेकपा एसको राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह जारी रहेको छ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो ।

भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत राजनीतिक दलका नेताहरु सहभागी रहेका छन्।

आजबाट बिहीबारसम्म हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनलाई १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ।

Back to top button