संसद् बैठकमै माननीयज्यूहरु घुर्दै निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गर्नुभएको छ । आज संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताउनुभएको हो ।

‘संसद्‌मा फोटो खिच्न मिल्दैन, घ्वार्रघ्वार्र घुरेर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखें । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं’, उहाँले भन्नुभयो ।

उपसभामुख रानाले संसद् बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराउनुभयो ।

‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरु एकछिनमा हामी सुन्न पाउँदैनौं’, उहाँले भन्नुभयो ।

Back to top button