४ जीपीए ल्याउने विद्यार्थीको रोजाई एभरेष्ट नै

विराटनगर । एसईई परिक्षा २०८० को परीक्षाफलमा ४ जीपीए ल्याउने विराटनगर–५ स्थित एभरेष्ट स्कुलका तीन जना विद्यार्थीले उच्च शिक्षा पनि सोहि विद्यालयबाट गर्ने भएका छन् ।

कक्षा ११ र १२ को अध्ययन पनि एभरेष्टबाट गर्ने निर्णय गरेका विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको लागि एभरेष्ट नै अब्बल महशुष गरेको प्रतिकृया दिएका छन् । मोरङ जिल्लाबाट ८ जनाले ४ जीपीए ल्याएका छन् । ति मध्ये एभरेष्टबाट मात्र तीन जनाले ४ जीपीए ल्याएका हुन् । ४ जीपीए ल्याउने कृतज्ञ दाहाल, राजुकुमार साह र सुब्रत बरालले कक्षा १२ सम्मको पढाई एभरेष्टबाट नै पूरा गर्ने निधो गर्नुभएको हो ।

२१२ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । देशभरबाट करिब ४८ प्रतिशत, प्रदेशबाट करिब ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा ४ जीपीए ल्याउने तीन सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि एभरेष्टको नतिजा प्रदेशकै उत्कृष्ट देखिएको छ । भौतिक पूर्वाधारले सम्पन्न एभरेष्ट कलेज यतिबेला विद्यार्थीहरुको आकर्षण बन्दै गएको छ ।

शैक्षिक गुणस्तरसँगै नविन प्रविधिको प्रयोग, पर्याप्त खेलकुदका गतिविधि, वातानुकुलित कक्षा कोठाजस्ता विषयले अभिभावक तथा विद्यार्थीहरुलाई मोहित बनाउने गरेको छ । चुस्त प्रशासन, अनुभवी शिक्षक–शिक्षिका, कुशल प्रशासक तथा हरेक वर्ष आउने शैक्षिक नतिजाले एभरेष्टले आफ्नो उत्कृष्टता लाई पुष्टि गर्दै आएको छ ।

विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्य बोकेको एभरेष्टले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको कम्प्यूटर शिक्षाका लागि युकेको डीजी स्कुल, विद्यार्थीहरुको आत्मविश्वास वृद्धि गर्दै खुसी रहन सिकाउने न्यू दिल्लीमा सफल प्रयोग भएको ह्याप्पीनेस करिकुलम, उत्कृष्ट शिक्षण पद्दति अपनाउन ललितपुरको रातो बंगला फाउण्डेसन, विज्ञान सम्बन्धि अन्वेशणका लागि कारखानाजस्ता संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

हरेक दृष्टिकोणबाट सुविधासम्पन्न शैक्षिक थलोको रुपमा स्थापित एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि उतिकै ध्यान दिएको अध्ययनरत विद्यार्थी र अभिभावकको बुझाई छ ।

Back to top button