नागरिक उन्मुक्तिको दलको नेताबाट रञ्जितालाई हटाइयो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् ।

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो । आज १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गर्नुभएको छ । रञ्जिताले भने हस्ताक्षर गर्नुभएकोे छैन्।

यस्तै, बैठकले गंगाराम चौधरीलाई दल नेता बनाउने निर्णय गरेको छ । त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीको बुबा हो । यसअघि गंगाराम प्रमुख सचेतक हुनुभएको थियो।

Back to top button