कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको हो ।

संवादहीनको अवस्थामा रहेको कांग्रेसले पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरुबीच संवाद जारी राखेको छ । दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो । शनिबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । उहाँहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ।

आजको बैठकमा सत्ता परिवर्तन र समसामयिक राजनीतिक विषयमा निर्णय हुने एक पदाधिकारीले जानकारी दिए। बैठकमा सभापति देउवाले ओलीसँग भएको छलफलबारे जानकारी गराउनुहुने छ । सरकार गठनको मोडालिटीको विषयमा आज छलफल हुने एक पदाधिकारीले बताए।

‘राजनीतिक स्थिरता दिनका लागि मुख्य दुई दलबीचको सरकार जनताले हेर्न चाहेका छन्। जनतामा प्रणाल प्रति नै वितृष्णा जागिरहेकाले दुई ठूला दलले सरकार चलाउनु आवश्यक्ता रहेको छ।’ उनले भने,‘कसको नेतृत्वमा सरकार बन्ने र कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने टुंगो लगाउन बाँकी रहेको छ। संवाद अगाडि बढिरहेको छ।’

Back to top button