विराटनगरमा होटल संचालिकाको कुटपिटबाट एक जनाको मृत्यु

विराटनगर । होटल संचालिकाको कुटपिटबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाइको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

उहाँ कुटपिटबाट घाइते हुनुभएको थियो । उपचारको क्रममा कोशी अस्पतालमा उहाँको मृत्यु भएको हो ।

बिरबललाई विराटनगर १९ बैजनाथपुरमा होटल संचालन गर्ने ३५ वर्षीय तीलादेवी ऋषिदेवले कुटपिट गरेको आरोप छ । बिरबलको मृत्यु भएपछि होटल संचालिका ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

शनिबार साँझमा मदिरा खान बिरबल तिलादेवीको होटलमा पुग्नुभएको स्थानीयले बताएका छन् । तेही बीचमा उहाँहरुबीच भनाभन भएको थियो । आवेगमा आउनुभएकी तिलादेवीले बीरबललाई आक्रमण गरी घाइते बनाउनुभएको थियो ।

उहाँको शरीरमा चोटपटक पनि लागेको छ । घाइते हुनुभएका विरबल आइतबार बिहान अचेत अवस्थामा भेटिनुभएको थियो । स्थानीयले उहाँलाई कोशी अस्पताल लिएर आएका थिए । आइतबार दिउँसो ३ बजे उपचारको क्रममा बिरबलको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Back to top button