जितेन्द्र देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गर्नुभएको छ । पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देवलाई पार्टी प्रवेश गराउनुभएको हो । देवसँगै लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू पनि एमाले प्रवेश गरेका छन्।

पूर्वमन्त्रीसमेत रहनुभएका देव कांग्रेसबाट राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । विजय गच्छदार निकट मानिनुभएका नेता मधेसी जनअधिकारी फोरम, फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

एमाले नेतासमेत रहिसक्नुभएका देव मधेस आन्दोलनपछि फोरममा प्रवेश गर्नुभएको थियो । उहाँ फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य पनि हुनुभएको थियो ।

Back to top button