मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङः बाहिरी हल्लाहरुमा कुनै सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्ने विषयले चर्चा पाएपछि प्रधानमन्त्री प्रचण्डले बाहिरी हल्लाहरूमा कुनै सत्यता नभएको बताउनुभएको छ ।

‘प्रधानमन्त्रीले समाचारहरूमा आएका विषयमा ब्रिफिङ गर्नुभएको छ। जुन हल्ला र भ्रमहरू फैलाइएका छन्, त्यसमा सत्यता छैन भन्नुभएको छ।’ सरकारका प्रवक्त रेखा शर्माले भन्नुभयो,‘ प्रधनमन्त्रीले यो गठबन्धन लामो समय जान्छ भन्नुभएको छ।’

यस्तै उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुनै छलफल नभएको समेत स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष ओलीलाई प्रधामन्त्री बनाउने कुरा पनि सत्य नभएको प्रवक्ता शर्माले बताउनुभयो ।

Back to top button