सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले अधिकारीलाई आज प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सोमबार सिफारिस गर्नुभएको थियो ।

‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Back to top button